सिद्धार्थ बैंकको सिईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको सिईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक,नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्।

आफ्नो साढे तीन दशक लामो करियरमा बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए। उनले विशेषगरी बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापनको क्षेत्रमा उनको महत्त्वपूर्ण योगदान रहेको बैंकले उल्लेख गरेको छ।

संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिने बस्यालको नेतृत्वमा सिद्धार्थ बैंकले आगामी दिनमा दीगो वृद्धि हासिल गर्ने, ग्राहक सेवामा उत्कृष्टता ल्याउने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने विश्वास बैंक परिवारले लिएको छ ।

प्रकाशित : २७ पुस २०८२, आइतबार १४:०९ 11 January, 2026 2:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।