काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)जारी गर्ने भएको छ। कम्पनीले साधारण शेयर निष्कासन प्रक्रियालाई अगाडि बढाउन हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यस सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार औपचारिक सम्झौता सम्पन्न भएको हो।
कम्पनी हाल इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अपर देउमाइ खोला जलविद्युत आयोजना निर्माण कार्यमा संलग्न रहेको छ। आयोजना सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्तिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले आवश्यक नियामक स्वीकृति पश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ।






Comment