काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना कालदेखि नै विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई एकताबद्ध गर्दै शिक्षा, स्वास्थ्य, आपतकालीन राहत, सीप विकास, लगानी प्रवर्द्धन तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। “नेपालीका लागि नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै संघले नेपाल र नेपालीको हितका लागि विविध समाजसेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यसै क्रममा, गत मार्च महिनामा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा एल्इ सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र एसियन इन्टरनेशनल युनिभर्सिटीबीच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम नेपाली विद्यार्थीहरूलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा समझदारीपत्र सम्पन्न भएको थियो। सोही समझदारीअनुसार आज उक्त सहकार्यलाई कार्यान्वयन गर्दै एमबीबीएस छात्रवृत्ति औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगद्वारा लिइएको Common Entrance Exam (CEE) २०८२ मा उत्तीर्ण भएका, शैक्षिक रूपमा सक्षम तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूमध्ये एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटीद्वारा आयोजित एमबीबीएस छात्रवृत्ति प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने दुई जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने निर्णय गरेको छ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा लुम्बिनी प्रदेश, कपिलवस्तु जिल्ला, शुद्धोदन गाउँपालिका वडा नं। ६ निवासी २१ वर्षीय सचिन कुमार प्रजापति तथा बागमती प्रदेश, चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं। १८ निवासी २१ वर्षीया भावना रेग्मी रहेका छन्।
छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बीमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्न भएपछि नेपाल फर्किने हवाई टिकट ९एक पटकका लागि० समेत एसियन इन्टरनेशनल युनिभर्सिटीले व्यहोर्ने व्यवस्था गरेको छ। अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च विद्यार्थी स्वयंले व्यहोर्नुपर्ने स्पष्ट गरेको छ।
साथै, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले एसियन इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले तोकेको वा उपलब्ध गराएको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्तसमेत राखिएको छ।
यस सम्पूर्ण प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने एनआरएनएका आईसीसी सदस्य आदरणीय डा. किसान भण्डारीप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। उहाँको निरन्तर पहल, प्रतिबद्धता र नेतृत्वले यो ऐतिहासिक अवसर सम्भव भएको संघको भनाइ छ। साथै एसियन इन्टरनेशनल युनिभर्सिटीका रेक्टर एस।एस। देखकानोयलगायत सम्पूर्ण विश्वविद्यालय परिवारप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गरिएको छ।






Comment