काठमाडौं । बिहीबार शेयर बजार सामान्य बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ को विन्दुमा कायम भएको हो। आज सेन्सेटिभ इण्डेक्स ०.९२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक बढेको छ।
आज १२९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३२८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोडको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २० करोड माथिको शेयर कारोबार भएको छ। बन्दीपुर केबलकारको १७ करोड ६० लाखको शेयर कारोबार भएको छ । सान्भी इनर्जीको १५ करोड ८९ लाखको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै शान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन्। त्यस्तै एसवाई प्यानलका लगानीकर्ताले र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पनि मनग्य कमाएका छन् । आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्।






Comment