१८औँ शताब्दीको नेपाली इतिहास झल्काउने ‘जंगेकाजी रम’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

१८औँ शताब्दीको नेपाली इतिहास झल्काउने ‘जंगेकाजी रम’ सार्वजनिक



काठमाडौं । १८औँ शताब्दीको नेपाली इतिहास, संघर्ष र आत्मसम्मानको कथालाई आधुनिक समयसँग जोड्दै ‘जंगेकाजी रम’ सार्वजनिक गरिएको छ। यो रम केवल एक पेय पदार्थ मात्र नभई, अन्यायविरुद्ध उभिएका एक काजीको साहस, विवेक र संघर्षको जीवित कथा भएको उत्पादकले बताएका छन्।

कथा सुरु हुन्छ, एक हजुरआमाका स्मृतिहरूबाट। पुराना तस्बिरहरू नियाल्दै गर्दा उनका आँखामा झल्किने ती दिनहरू, जब नियन्त्रित शासन, कठोर बन्देज र अन्यायले समाजलाई जकडिरहेको थियो। त्यही समयका एक काजी, जो वर्षौँसम्म शासनका सेवक रहे, अन्ततः आफ्नो कर्तव्यबोध र विवेकको टकरावमा अत्याचारको सेवा गर्न अस्वीकार गर्ने साहसिक निर्णयमा पुग्छन्।

जीवनको सबैभन्दा कठिन मोडमा पुगेका काजी निराशामा डुब्न सक्थे, तर उनको दृढताले उनलाई स्वतन्त्रताको नयाँ बाटोतर्फ डोर्‍यायो। राणा शासनले देशमाथि नियन्त्रण कडा बनाउँदै लगाइरहेको बेला विदेशी मदिरा गाउँ–गाउँ फैलिन थालेको थियो, जसले स्थानीय पहिचान र गौरवमा गहिरो असर पारिरहेको थियो।

यो मौन खतरा बुझेका काजीले रैथाने ज्ञान र स्थानीय स्रोतसाधन प्रयोग गर्दै स्वदेशी मदिरा उत्पादनको सम्भावना खोज्न थाले। वर्षौँको परीक्षण, असफलता र निरन्तर अभ्यासपछि उनले एउटा यस्तो मिश्रण तयार गरे, जसप्रति उनी गर्व गर्न सक्थे।

तर सामन्ती शक्तिहरूका लागि काजीको यो सफलता सह्य भएन। उनको संघर्ष र उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्र अघि बढ्यो र अन्ततः आगो र धुवाँको बीचमा काजीको जीवन तथा उनका वर्षौँका प्रयास समाप्त भए।

समय बित्दै गयो। पुस्ता फेरिए, काजीको विरासत इतिहासको गहिराइमा हराउँदै गयो। तर केही कथाहरू समयले पनि मेटाउन सक्दैन। ती कथालाई पछ्याउँदै काजीका सन्ततिले एक दिन उनको इतिहासलाई पुनर्जीवित गर्ने अवसर पाए।

त्यही अधुरो सपना आज नयाँ युगमा नयाँ जीवन पाएर ‘जंगेकाजी रम’ को रूपमा जन्मिएको हो। साहस, अटलता र कर्तव्यबोधबाट जन्मिएको यो रमले हरेक घुट्कासँग काजीको कथा बोल्ने विश्वास गरिएको छ।

उत्पादकका अनुसार ‘जंगेकाजी रम’ नेपाली इतिहास, स्वदेशी पहिचान र सिनेमाई भव्यताको संगम हो, जसले अतीतको संघर्षलाई वर्तमानसँग जोड्दै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित : 8 January, 2026 12:46 pm