नेप्से १३ अंकले घट्यो, ५ अर्ब १७ करोडको शेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

नेप्से १३ अंकले घट्यो, ५ अर्ब १७ करोडको शेयर कारोबार



काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से परिसुचक आज १३.३५ अंक घटेर २६३५.९४ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंक घटेको छ।

आज ३२३ कम्पनीको ७२ हजार ४७४ पटकको कारोबारमा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँबराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको एसवाई प्यानल नेपालको शेयरमूल्य आज सर्वाधिक ८.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २६ करोड ९४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।

प्रकाशित : 7 January, 2026 3:58 pm