सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट गर्न बीमकलाई निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट गर्न बीमकलाई निर्देशन



काठमाडौं । अब बीमा कम्पनीहरुले सबै प्रकारका भुक्तानी विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिरणले आज सबै (जीवन, निर्जीवन, लघु, पुनर्बीमा र बीमा दलाल) कम्पनीहरुलाई परिपत्र जारी गर्दैै यस्तो निर्देशन दिएको हो।

परिपत्रमा सबै प्रकारका भुक्तानी आउँदो माघ १ गतेदेखि सोझै सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामा अनिवार्य रुपमा विद्युतीय माध्यममार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

प्रकाशित : 6 January, 2026 4:52 pm