डिभाइन हेल्थ केयरले आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

डिभाइन हेल्थ केयरले आईपीओ निष्कासन गर्ने



काठमाडौं । डिभाइन हेल्थ केयर लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ। कम्पनीले माघ १० गते गोदावरीमा रहेको गोदावरी फरेस्ट होटलमा दिनको १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित हुनेछ ।

प्रकाशित : 1 January, 2026 12:04 pm