विधिको शासनले मात्र देशलाई समृद्धिको बाटोमा लैजान्छ : महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

विधिको शासनले मात्र देशलाई समृद्धिको बाटोमा लैजान्छ : महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले शान्ति, स्थायित्व र समृद्धि एक–अर्कासँग गहिरो रूपमा सम्बन्धित रहेको बताएका छन्। उनले शान्तिबिना स्थायित्व सम्भव नहुने र स्थायित्वबिनै समृद्धिको परिकल्पना गर्न नसकिने स्पष्ट पारे।

महतले कानुनी शासनको सुनिश्चितता र त्यसलाई सबैले स्वीकार गर्ने पद्धतिले नै देशमा शान्ति र स्थायित्व कायम हुने उल्लेख गरे। विधिको शासन, कानुनी शासन, जनअनुमोदित सरकार, संसद र स्वतन्त्र न्यायालय लोकतान्त्रिक व्यवस्थाका आधारभूत स्तम्भ भएको बताउँदै उनले यी मूल्य र मान्यतालाई अस्वीकार गर्दा समस्या दोहोरिरहने धारणा राखे।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा कानुनको शासनलाई सबै पक्षले स्वीकार गरेमा मात्र दिगो शान्ति र राजनीतिक स्थायित्व सम्भव हुन्छ, जसले देशलाई समृद्धिको बाटोमा अघि बढाउन सहयोग पुर्‍याउँछ। लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने प्रयासले अस्थिरता निम्त्याउने उनले चेतावनी दिए।

प्रकाशित : 31 December, 2025 5:16 pm