ब्रिटिश कलेजमा लफडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थतन्त्र

ब्रिटिश कलेजमा लफडा



काठमाडौं । काठमाडौँको ब्रिटिश कलेजमा लफडा भएको छ । विद्यार्थीबाट महंगो शुल्क असुलिएको भन्दै युवाहरुले कलेजमा तोडफोड गरेका हुन् । 

शुल्क घटाउनको लागि कलेज प्रशासन र व्यवस्थापन टिमलाई बारम्बार ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको बताइन्छ । सोही कारण युवाहरुले आज थापाथलीस्थित कलेज तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न केही युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित : 23 December, 2025 8:25 pm