काठमाडौं । नेपालमा बीवाईडी ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले सन् २०२५ मा ११ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीको यो आम्दानी अघिल्लो वर्षको तुलनामा कम हो ।
साइमेक्स इंकले सन् २०२४ मा १६ अर्ब ४० करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसको तुलनामा सन् २०२५ मा कम्पनीको आम्दानी ३० प्रतिशत अर्थात् ४ अर्ब ९२ करोड ३० लाख रुपैयाँले घटेको देखिन्छ ।
विगतका वर्षहरूको तथ्यांकअनुसार कम्पनीले सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ४४ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
अटोमोबाइल बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा पनि साइमेक्स इंकले छोटो समयमै नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार कुल आम्दानीको करिब ९० प्रतिशत हिस्सा बीवाईडी अटो–३ र डल्फिन मोडलबाट आएको छ ।
यसैबीच कम्पनीले कम मूल्यका अटो–१ र अटो–२ श्रेणीका नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक गरिसकेको छ । यी नयाँ मोडलले आगामी दिनमा कारोबार बढाउने अपेक्षा गरिएको छ ।
सन् २०१६ जुलाईमा स्थापना भएको साइमेक्स इंक प्रालिले नेपालमा बीवाईडी ब्रान्डका यात्रुवाहक तथा व्यावसायिक विद्युतीय सवारीसाधनको बिक्री तथा वितरण गर्दै आएको छ । विद्युतीय सवारी प्रवर्द्धनलाई प्राथमिकता दिँदै कम्पनीले बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ ।
हाल कम्पनीले देशका प्रमुख सहरहरूमा १४ वटा डिलरशिपमार्फत सवारीसाधन बिक्री गर्दै आएको छ । साथै विभिन्न स्थानमा ६४ वटा चार्जिङ स्टेशन सञ्चालनमा रहेको जानकारी पनि कम्पनीले दिएको छ ।
सन् २०१६ जुलाईमा स्थापना भएको साइमेक्स इंक प्रालिले नेपालमा बीवाईडी ब्रान्डका यात्रुवाहक तथा व्यावसायिक विद्युतीय सवारीसाधनको बिक्री तथा वितरण गर्दै आएको छ । विद्युतीय सवारी प्रवर्द्धनमार्फत कम्पनीले बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ ।
हाल कम्पनीले देशका प्रमुख सहरहरूमा १४ वटा डिलरशिपमार्फत सवारीसाधन बिक्री गरिरहेको छ । साथै विभिन्न स्थानमा ६४ वटा चार्जिङ स्टेशन सञ्चालनमा रहेको पनि कम्पनीले जानकारी दिएको छ ।
कम्पनीमा ५०.५ प्रतिशत सेयर स्वामित्व यमुना श्रेष्ठको रहेको छ भने बाँकी ४९.५ प्रतिशत सेयर उनका भाइ अनिल श्रेष्ठको नाममा छ ।
साइमेक्स इंकले हाल विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ४५ करोड रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष कम्पनीको ऋण ३ अर्ब रुपैयाँ रहेको थियो ।







Comment