काठमाडाैं । नागरिक लगानी कोषले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशत लाभांश घाेषणा गरेकाे हाे ।
जसमा ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश रहेकाे छ ।
लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।







Comment