काठमाडौँ। दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले ललितपुरको पुलचोकस्थित द प्लाजामा सम्पन्न भएको छ। लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इन्नोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा उद्घाटन शत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र समापन शत्रमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री अनिल कुमार सिन्हा उपस्थित थिए। यस्तै विशेष अतिथिको रूपमा विभिन्न संबैधानिक आयोगका प्रमुखहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ, मुख्यसचिव समुनराज अर्यालको उपस्थिति थियो।
कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा निकायका उच्च अधिकारी, उद्यमी, सीईओ र स्वदेश तथा विदेशबाट आइसिटी क्षेत्रका १५ सय बढी विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए । भब्य समारोह बीच सम्पन्न अवार्ड कार्यक्रम हिमालय टेलिभिजन लगयतबाट प्रत्यक्ष प्रशारण पनि भएको थियो।
७५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको अवार्डमा १८ जुरी सदस्य र १६ सल्लाहकार समितिले ४ महिनाको समयमा छनौट प्रक्रिया सम्पन्न गरेका थिए । कार्यक्रममा नेपाल सहित नेपाल बाहिर विभिन्न देशका स्टार्टअपहरुको पनि सहभागिता रहेको थियो।
यस वर्ष व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड दिनेश सिलवालले प्राप्त गरे भने आन्टरप्रेनर आइसिटी अवार्ड विभुषण विष्टले जितेका छन्। पायोनियर आइसिटी अवार्ड डा। एलेन बैलोचन तुलाधर, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड रामकृष्ण परियार, वुमन आइकन आइसिटी अवार्ड मुन्नी राजभण्डारीले प्राप्त गरेकी छन्।
यसैगरी संस्थागत अवार्ड अन्तर्गत, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सामाजिक सुरक्षा कोष, डिजिटल सर्भिसेस (इन्टरप्राइज सेक्टर) एनएमबी बैंक, डिजिटल सर्भिसेस (नियो सेक्टर) एम्बिसन गुरू, डिजिटल एजुकेशन (पब्लिक सेक्टर) नारायणी माध्यमिक विद्यालय, चितवन, डिजिटल एजुकेशन (प्राइभेट सेक्टर) कोपिला भ्याली स्कुल, सुर्खेतले जितेका छन्।





Comment