काठमाडाै । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सुर्खेतमा रहेकाे वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सहकारी सञ्चालनका लागि आधिकारिक इजाजतपत्र प्रदान गरेको छ। याे प्राधिकरणबाट इजाजतपत्र पाउने कर्णाली प्रदेशकै पहिलाे साकाेस हाे ।

सहकारी संस्थाको दर्ता अभिलेखिकरण मापदण्ड अनुसार जारी गरिएको यस इजाजतपत्रले संस्थालाई बचत तथा ऋणको मुख्य कारोबार गर्न अधिकार दिन्छ। प्राधिकरणका निर्देशक ज्ञाननाथ ढकालका अनुसार, उक्त इजाजतपत्रले सहकारी संस्थालाई कानूनी रुपमा दर्ता भई कारोबार गर्ने औपचारिक स्वीकृति दिएको हो।





Comment