टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभीमा विशेष योजना शुभारम्भ गरेको छ।

यस योजना अन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो ईभीको बुकिङ्गमा लिटम्यान स्टेथोस्कोप पनि पाउने छन्।

यस अफरको मुख्य आकर्षण अन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, ष्एजयलभ ज्ञठ एचय ःबह, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।

योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यसको साथै मेडिकल समुदायको परिचय पत्र देखाउदा थप नगद छुट पनि रहेको छ।

यी सुविधाले मेडिकल समुदायका ग्राहकहरुलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

प्रकाशित : २४ मंसिर २०८२, बुधबार १७:२२ 10 December, 2025 5:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।