सहकारीमा ‘एक व्यक्ति–एक पद’ नियम लागू गर्न विभागको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

सहकारीमा ‘एक व्यक्ति–एक पद’ नियम लागू गर्न विभागको निर्देशन



काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति धेरै सहकारी संस्थामा सञ्चालक वा सल्लाहकार बनेर काम गर्ने प्रवृत्ति रोक्न नयाँ निर्देशन जारी गरेको छ। सहकारी ऐन २०७४ ले एक व्यक्तिले एकै समयमा एक मात्र सहकारीमा सञ्चालक बन्न सक्ने प्रावधान राखे पनि व्यवहारमा धेरै सहकारीमा एउटै व्यक्ति पदाधिकारी रहेको गुनासो बढेपछि विभागले कडाइको घोषणा गरेको हो।

विभागले हालसम्म जारी भएका सबै कानुनी आधारहरूको उल्लेख गर्दै सहकारीहरूलाई तुरुन्तै सञ्चालकरसल्लाहकार सूची अद्यावधिक गर्न आग्रह गरेको छ। अनुगमनका क्रममा दोहोरो पद देखिएमा सहकारी ऐन र नियमावली अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

सहकारी क्षेत्रमा पारदर्शिता, सुशासन र सदस्यको विश्वास कायम राख्न यस प्रावधान कडाइका साथ लागू गर्न विभागले सबै सहकारी संस्थालाई अनुरोध गरेको छ।

प्रकाशित : 9 December, 2025 12:54 pm