एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । एसवाई प्यानल नेपालको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार३७१ कित्ता शेयर सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५४५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि बुधबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीको शेयर SYPNL सिम्बलबाट कारोबार हुनेछ।

प्रकाशित : २३ मंसिर २०८२, मंगलबार १२:३७ 9 December, 2025 12:37 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।