नेप्से ३ अंकले घट्दा पनि ४ अर्बभन्दा बढी कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

नेप्से ३ अंकले घट्दा पनि ४ अर्बभन्दा बढी कारोबार

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा झिनो गिरावट आएको छ। नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा झरेर बन्द भएको हो।

आज बजारमा ९९ वटा कम्पनीको शेयरभाउ बढ्दा १४७ वटाको घटेको छ। यो दिन १२ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा सर्वाधिक ०.६७ प्रतिशतको गिरावट देखिएको छ।

बजारमा आज ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रकाशित : २२ मंसिर २०८२, सोमबार १५:२८ 8 December, 2025 3:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।