शेयर बजारमा देखिएन मौद्रिक नीतिको समीक्षाको प्रभाव, शेयर बजारसंगै कारोबार रकम पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा देखिएन मौद्रिक नीतिको समीक्षाको प्रभाव, शेयर बजारसंगै कारोबार रकम पनि घट्यो



काठमाडौं । सोमबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ४.२८ अंक घटेर २६४.२४ विन्दुमा झरेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३२५ कम्पनीको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज ग्रीन भेन्चर्सका शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ । कारोबारमा आएको निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६ प्रतिशत २०८८–८९ को मूल्य आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज यूनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज हिमालयन रि इन्स्योरेन्सको करिब साढे १५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

प्रकाशित : 1 December, 2025 3:27 pm