कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा, नगद र बाेनस कति छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा, नगद र बाेनस कति छ ?



काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट अनुेमादन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। यस्तै उक्त बैठकले सञ्चालक समितिको सदस्य पदबाट दिपक राज शिवाकोटीले दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ। उनको राजीनामा मंसिर १० गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो।

प्रकाशित : 27 November, 2025 1:49 pm