सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो ।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ । कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ मार्फत दिन सकिन्छ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

प्रकाशित : 26 November, 2025 11:43 am