सिक्लेस हाईड्रोको लाभांश घोषणा, बोनसपछि १०० प्रतिशत हकप्रद ल्याउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिक्लेस हाईड्रोको लाभांश घोषणा, बोनसपछि १०० प्रतिशत हकप्रद ल्याउने तयारी



काठमाडौं। सिक्लेस हाईड्रो लिमिटेडले आफ्ना सेयरधनीलाई कुल १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) प्रस्ताव गरेको हो।

कम्पनीले २०औं र २१औं वार्षिक साधारण सभा मंसिर २९ गते पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजे बोलाएको छ। सभाले लाभांश पारित गर्नुका साथै बोनसपछि बढ्ने चुक्तापूँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

त्यसैगरी दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी वर्षका लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, नयाँ सञ्चालक समिति चयनजस्ता एजेन्डामा पनि छलफल हुनेछ।

बुक क्लोज मंसिर १८ गते हुने भएकाले मंसिर १७ गतेसम्म कारोबार गरेर नाम दर्ता भएका सेयरधनीले मात्र लाभांश र सभामा सहभागी हुने अधिकार पाउनेछन्।

प्रकाशित : 25 November, 2025 12:06 pm