श्रीनगर एग्रीटेकको शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

श्रीनगर एग्रीटेकको शेयर नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको शेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई स्टक टिकर दिएको छ।

प्रकाशित : ५ मंसिर २०८२, शुक्रबार १६:३९ 21 November, 2025 4:39 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।