ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

ङादी ग्रुप पावरको लाभांश घोषणा, साधारण सभा आह्वान

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। ङादी ग्रुप पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभा काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांशको प्रस्ताव पा्िरत हुनुका साथै बोनस सेयरपश्चात पूाजी वृद्धि गर्न कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ। सभामा सञ्चालहरुको नियुक्त अनुमोदन गर्ने र सञ्चालक समितिबाट भएका निर्णय तथा काम कारवाहीहरु अनुमोदन गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

प्रकाशित : ३ मंसिर २०८२, बुधबार १३:२२ 19 November, 2025 1:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।