लाभांश पारित गर्न निफ्रा द्वारा मंसिर २३ मा साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाभांश पारित गर्न निफ्रा द्वारा मंसिर २३ मा साधारण सभा आह्वान



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न मंसिर २३ गते सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव अगाडि सारेको छ।

साथै सभाले आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका अन्य नियमित एजेन्डामाथि पनि निर्णय गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने भएको छ। निफ्राले गत वर्षको वित्तीय प्रगतिसँगै शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गर्दै आएको छ।

साधारण सभा काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा बिहान ९ बजेबाट सुरु हुनेछ। सो अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता रहेका शेयरधनीहरूले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : 18 November, 2025 12:36 pm