सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान



काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते काठमाडौंको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित : 18 November, 2025 12:04 pm