काठमाडौं । विद्युतीय सवारी साधनप्रतिको माग तीव्र रूपमा बढ्दै गएको समयमा, जिरो इमिसन राइड (एन) ले ललितपुरको सातदोबाटोमा नयाँ शोरुम खोलिएको घोषणा गरेको छ। बुधबार विशेष समारोहका बीच उक्त शोरुमको उद्घाटन स्थानीय समाजसेवी मथुरा घिमिरेले रिबन काटेर गरेका छन्।
कम्पनीले पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान र इकुटर ब्रान्डका विद्युतीय स्कुटरहरूको बिक्री तथा वितरण गर्दै आएको छ। यसको मुख्य उद्देश्य “देशको ऊर्जा, देशमै खपत” भन्ने नारा अनुसार स्वदेशी विद्युतको प्रयोग प्रवर्द्धन गर्नु र वैदेशिक मुद्रा बचत गर्नु रहेको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि घिमिरेले भने, विद्युतीय सवारी साधनले वातावरणमैत्री यात्रा र स्वदेशी ऊर्जाको उपयोग दुवैमा योगदान पुर्याउने भएकाले यसको प्रचारप्रसारमा सबैको सक्रिय भूमिका आवश्यक रहेको छ।
कम्पनीका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले लामो समय अटोमोबाइल क्षेत्रमा अनुभव भएकोले बिक्रीपछिको सेवा उत्कृष्ट भएको उल्लेख गर्दै, निकट भविष्यमा सारथी ब्रान्ड मार्फत स्कुटर नेपालमै एसेम्बल गरिने योजना रहेको जानकारी दिए।
सेल्स एण्ड मार्केटिङ प्रमुख शंकर शर्माले नेपालमा विद्युतीय सवारी प्रयोग बढ्नुका कारणहरू व्याख्या गर्दै भने, वातावरण संरक्षण, इन्धनको बढ्दो मूल्य र मर्मत खर्चमा बचत विद्युतीय स्कुटरको लोकप्रियताको प्रमुख कारण हुन्।
नयाँ शोरुममार्फत ग्राहकहरूले स्कुटर प्रत्यक्ष अवलोकन, टेस्ट राइड र खरिद गर्न सक्नेछन्। कम्पनीले पुराना बाइक वा स्कुटर साटेर नयाँ स्कुटर लिन सकिने सुविधा, विभिन्न अफर र स्किमहरू तथा फाइनान्स सुविधा पनि उपलब्ध गराउनेछ।
जिरो इमिसन राइड (एन) राजधानीका तीनै जिल्लामा शाखा विस्तार गर्दै आएको छ भने देशभरका प्रमुख शहरहरूमा बिक्रीपछिका सेवाहरू पनि प्रदान गर्दै आएको छ।





Comment