वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी’ इन्टरनेट, वाई–फाई फाइभभन्दा ४० प्रतिशत बढी कभरेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी’ इन्टरनेट, वाई–फाई फाइभभन्दा ४० प्रतिशत बढी कभरेज



काठमाडौँ । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ पुस्ताको प्रविधि ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा कम्पनीले उक्त प्रविधि औपचारिक रूपमा घोषणा गरेको हो।

कम्पनीका अनुसार ‘वर्ल्डलिंक सिक्सजी’ले नेपाली प्रयोगकर्ता र व्यवसायका लागि इन्टरनेट प्रयोगको अनुभवलाई नयाँ स्तरमा पुर्‍याउनेछ। भविष्यमुखी प्रविधिका रूपमा प्रस्तुत यस प्रणालीले हाल प्रयोगमा रहेको वाई–फाई फाइभभन्दा करिब ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट प्रदान गर्ने बताइएको छ।

नयाँ प्रविधिले विभिन्न उपकरण र स्थानमा अझ बलियो, भरपर्दो र सहज कनेक्टिभिटी सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

सिक्सजी प्रविधिको शुभारम्भ गर्दै वर्ल्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले कम्पनी सधैं नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रति समर्पित रहेको बताए। उनका अनुसार, “वाई–फाई सिक्स नेपालको स्मार्ट, तीव्र र प्रभावकारी डिजिटल जीवनतर्फको एक महत्वपूर्ण कदम हो।”

प्रकाशित : 9 November, 2025 9:46 pm