विन्ध्यवासिनी हाइड्रोपावरले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विन्ध्यवासिनी हाइड्रोपावरले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हाल कायम चुक्तापूँजीको सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १७ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको दायीत्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

यो प्रस्ताव नियमनकारी निकायबाट स्वीकृति भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ रहेको छ । दोश्रो बजारको सेयरमूल्य चाहिँ प्रतिकित्ता ५०० रुपैयाँभन्दा बढी रहेको छ ।

प्रकाशित : 4 November, 2025 11:41 am