कुमारी बैंकले नबिकेका हकप्रद सेयरको लिलामी सुरु गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकले नबिकेका हकप्रद सेयरको लिलामी सुरु गर्यो



काठमाडौं ११ जेठ। कुमारी बैंकले बाँकी रहेका हकप्रद तथा संस्थापन शेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ। बैंकले संस्थापनतर्फ ८६ हजार ९२ कित्त र सर्बसाधारण तर्फ २ लाख ८० हजार ४७० कित्ता बोलकबोलबाट बिक्री गर्न लागको हो।
शेयर खरिद गर्न इच्छुक जो कोही ब्यक्ति, कम्पनी तथा संघ संस्थाले जेठ २१ गते भित्र आवेदन दिन सक्नेछन्। बोलकबोलका लागि लगानीकर्ताले जेठ १४ गतेबाट जेठ २१ गतेसम्म सिद्धार्थ क्यापिटल लिमिटेडको नारायचौर नक्सालमा गोप्य शिलबन्दी पेश गर्न सक्ने छन्।
लगानी कर्ताले न्युनतम १०० रुपैयाँबाट बोलकबोल सुरु गर्न सक्ने छन्।

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०७:१७