माछापुच्छे बैंकको परासी शाखा स्थानान्तरण, २४ घण्टे एटीएम सुबिधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

माछापुच्छे बैंकको परासी शाखा स्थानान्तरण, २४ घण्टे एटीएम सुबिधा



काठमाडौं ११ जेठ। माछापुच्छे बैंकले परासी शाखालाई स्थानान्तरण गरेको छ । साविकको महेशपुरचोक, परासी बजार वडा नं ५ मा रहेको सो शाखालाई दक्षिणतर्फ संगै रहेको भवनमा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका हुन् । नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । ६ अर्व ५९ करोड ८७ लाख चुक्ता पूँजी रहेकोे यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७४, बिहीबार ०६:२१