श्रीनगर एग्रीटेकको आइपीओ बाँडफाँड मिती तय, झण्डै १७ लाखको हात खाली हुने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्रीनगर एग्रीटेकको आइपीओ बाँडफाँड मिती तय, झण्डै १७ लाखको हात खाली हुने पक्का



काठमाडौं। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ कम्पनीकै कार्यालय नारायणचौर नक्सालमा बिहान १०ः३० मा बाँडफाँड हुनेछ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ८।६४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् ।

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा ८ गुणा बढी आवेदन हो ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

कम्पनीको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । यसर्थमा १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

प्रकाशित : 28 October, 2025 5:57 pm