जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

संस्थाले यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेको जनाएको छ । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ निर्धारण गरिएको छ। उक्त अवधिभित्र कुनै आवेदन नआएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रकाशित : 27 October, 2025 1:25 pm