एनआईसी एसिया बैंकमा एकैपटक नियुक्त भए दुई सहायक सीईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

एनआईसी एसिया बैंकमा एकैपटक नियुक्त भए दुई सहायक सीईओ



काठमाडौं  १० जेठ।एनआईसी एशिया बैंकले रोशनकुमार न्यौपाने तथा सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

तत्कालिन बैंक अफ एशिया नेपालबाट बैंकिङ सेवामा प्रवेश गरेका न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुन्। करिब १० वर्षदेखि बैंकसँग आवद्ध उनी आन्तरीक लेखा परीक्षण विभागको विभागीय प्रमुखको रुपमा रहेका थिए ।

त्यसै गरी २०४६ सालमा नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ सेवामा प्रवेश गरेका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागमा लामो समयदेखि विभागीय प्रमुखको रुपमा काम गर्दै आएका छन् ।

लामो बैंकिङ अनुभव सम्हालेका पाण्डे तथा न्यौपानेको कार्य संयोजनले बैंकले उल्लेखनीय प्रगति हासिल गर्ने अपेक्षा गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : 24 May, 2017 7:25 am