जनता बैंकका कर्मचारीलाई कसले उचाल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकका कर्मचारीलाई कसले उचाल्यो



काठमाडौ  ९ जेठ।जनता बैंक र सिद्धार्थ विकास बैंक बीच प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुगिरहेका बेला जनताका कर्मचारीहरु भने प्राप्ति असफल पार्न आन्दोलनमा उत्रिएका छन् । जनता बैंकका कर्मचारीहरुले सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई प्राप्ति गर्दा आफ्नो अबस्था बलियो हुनुपर्ने माग गर्दै आन्दोलन थालेका हुन् ।

सामुहिक सौदावाजी मुद्दाको नाममा आन्दोलन गरिरहेका जनता बैंक कर्मचारी संगठनले मंगलबार प्रमुख कार्यकारी कुमार लम्लासको कार्यकक्ष घेराउ गरेर दबाब दिए ।

कर्मचारीहरुले जनता बैंक र सिद्धार्थ विकास बैंकबीच मर्जर हुँदा सामुहिक सौदावाजी हुनु पर्ने, तलव भत्ता समायोजन गरिनु पर्ने  माग राखेका छन् भने अब्बल कर्मचारीलाई जनता बैंकले मर्जर अगावै सम्वोधन गर्नु पर्ने माग राखेका छन् । आन्दोलनमा पूर्व गभर्नर डा. युवराज खतिवडाका छोरा तिलक खतिवडा पनि संलग्न छन् ।

हालै त्रिेबणी बिकास बैंकलाई गाभेको जनता बैंकमा पहिलेका कर्मचारीले एक्विजिशनपछि टिक्न नसक्ने देखेर आन्दोलन गरेको आरोप लागेको छ । त्रिबेणी र सिद्धार्थ दुबैको बित्तीय अबस्था र संस्थागत सुशासन राम्रो भएकाले जनताका कार्यक्षमता कमजोर भएका केही कर्मचारीहरु आँत्तिएको बताईन्छ । जनताका कर्मचारीहरुको आन्दोलनमा राजीनामा गरेका पूर्व संचालक गुरुप्रसाद न्यौपानेको स्वार्थ पनि घुसेको र उनैले कर्मचारीहरुलाई आन्दोलनमा उचालेको आरोप केही कर्मचारीहरुले नै लगाएका छन् ।मेरोलगानीबाट

प्रकाशित : ९ जेष्ठ २०७४, मंगलवार ०९:१९