नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

'१५ वटा सवारी वितरणले तिहार अघि बलियो सुरुवातको सङ्केत, ब्रान्डले पश्चिम नेपालमा ईभी गतिशीलतामा नयाँ लहर सुरु गर्‍यो'



काठमाडाैं । जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गत रहेको नेपालको अग्रणी ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । यो उद्घाटनले कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ ।

उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ, जसमा दशैंअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएका छन् । यसले सो क्षेत्रमा ग्राहकहरूको बढ्दो विश्वास र उत्साहलाई स्पष्ट रूपमा देखाएको छ । नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिशन अघि बढाइरहेको छ ।

प्रकाशित : 15 October, 2025 7:28 am