सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने सामान्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने सामान्य घट्यो



काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेटपछि खुलेकोे बजार हरियाली भएर बन्द भएको हो ।

आज शेयर बजार नेप्से परिसूचक २२.५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ । आज सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ।

आज २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३१३ वटा कम्पनीको एक करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब २७ करोड माथिको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै शिवमे सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एशियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित : 9 October, 2025 3:21 pm