काठमाडौं – विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई २१ डि नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो स्मार्टफोन नेपालकै सबैभन्दा किफायती IP68/69 डस्ट एण्ड वाटर–रेजिस्टेन्ट मोडेल हो र विशेषगरी युवापुस्ता तथा दैनिक प्रयोगकर्तालाई लक्षित गरी उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरू सुलभ मूल्यमा उपलब्ध गराएको छ।
फोनमा अलराउन्ड वाटरप्रुफ प्रोटेक्सन फिचर छ, जसले अन्डरवाटर फोटोग्राफी मोडमार्फत पानीमुनिका दृश्यहरू सजिलै कैद गर्न सहयोग गर्छ। साथै, वन–ट्याप वाटर इजेक्सन र वन–ट्याप डस्ट एण्ड वाटर रिमोवल जस्ता स्मार्ट फिचरहरूले फोनभित्र प्रवेश गर्ने धुलो वा पानी सहजै बाहिर निकाल्न मद्दत गर्छ।
फोनको मजबुती SGS 5–स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशनले प्रमाणित गरेको छ। थप सुरक्षा र टिकाउपनको लागि एयर–स्प्रिङ्ग फोन केस पनि उपलब्ध छ।
शक्ति र प्रदर्शनको दृष्टिले, भिभो वाई २१ डिमा ६५०० mAh ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी छ। यसले करिब २१.६ घण्टा निरन्तर युट्युब स्ट्रिमिङको सुविधा दिन्छ र २० प्रतिशतबाट १०० प्रतिशत चार्ज हुन करिब ७५ मिनेट मात्र लाग्छ। ब्याट्रीले ५ वर्षपछि पनि ८०% भन्दा बढी क्षमता कायम राख्ने ग्यारेन्टी प्रदान गर्दछ।
फोनमा ६ GB वा ८ GB RAM र १२८ GB स्टोरेज छ। भिभोको ५०–महिना स्मूथ एक्स्पिरियन्सले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्छ। सर्कल टु सर्च विथ गुगल, पासकी, एआई स्क्रिन ट्रान्सलेशन, फेस अनलक (मास्क वा हेल्मेटसहित) र ग्लभ मोड जस्ता फिचरहरूले प्रयोग सहज बनाउँछन्।
डिजाइनको हिसाबले, फोन दुई आकर्षक रङमा उपलब्ध छ – कोरल रेड र जेेड ग्रीन। फ्ल्यागशीप क्वाड–कर्भड ब्याक कभर, प्रिमियम फ्रेम डिजाइन र डाइनामिक लाइट इफेक्टले यसलाई स्टाइलिश र आधुनिक बनाउँछ।
मनोरञ्जनको लागि, फोनमा ४००% लार्ज भोल्युम डुअल–स्टेरियो स्पिकर, ६.६ इन्च डट्च डिस्प्ले, १००० निट्स ब्राइटनेस, र ९० Hz रिफ्रेश रेट छ। ब्लू–लाइट सर्टिफिकेसन र आई–प्रोटेक्सन मोडले आँखामैत्री दृश्य अनुभव दिन्छ।
क्यामेरा पक्षमा, फोनमा ५० MP एचडी मुख्य क्यामेरा छ, जसले एआई फोटो इन्ह्यान्स, मल्टी–स्टाइल पोर्ट्रेट, स्टाइलिस नाइट फिल्टर्स जस्ता फिचरमार्फत सृजनात्मक फोटो अनुभव प्रदान गर्छ।





Comment