दोलखा — दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा आगामी अशोज २३ गतेबाट सुरु हुने भएको छ। सहकारीले सदस्यहरूको सहजता र सहभागिता सुनिश्चित गर्न क्षेत्रगत रूपमा साधारणसभा आयोजना गर्ने जनाएको छ।
संस्थाका अनुसार साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशनअनुसार सञ्चालन गरिनेछ। सहकारी प्राधिकरणका नियामकीय मापदण्ड र सहकारी विभागले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्दै सभा सम्पन्न गरिने संस्थाले जानकारी दिएको छ।
यसैबीच, सरकारी कोषबाट सेवा सुविधा प्राप्त गरिरहेका लेखा सुपरीवेक्षण समितिका संयोजक एक जना र सदस्य एक जनाले पदबाट राजीनामा दिएपछि ती पदहरू रिक्त भएका छन्। ती पदहरू पूर्तिका लागि आगामी साधारणसभामार्फत निर्वाचन प्रक्रिया सञ्चालन गरिने सहकारीले जनाएको छ।
साधारणसभापछि प्रमाणिकरण सभा कार्तिक १ गते हुने संस्थाले जनाएको छ।






Comment