हाम्रो जनकल्याण सहकारीले गर्‍यो २७ जना नागरिकलाई खाद्यान्न सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हाम्रो जनकल्याण सहकारीले गर्‍यो २७ जना नागरिकलाई खाद्यान्न सहयोग



दोलखा । चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले भिमेश्वर नगरपालिकाका सबै ९ वडामा खाद्यान्न सहयोग उपलब्ध गराएको छ। संस्थाले प्रत्येक वडाबाट ३/३ जना गरि २७ जनालाई खाद्यान्न सामग्री बितरण गरेको हो।

वडाबाट सिफारिस गरिएका लाभग्राहीहरूलाई उनीहरूको बासस्थानमै पुगेर सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार, संस्थाले सदस्यहरूका साथै समुदायका अन्य व्यक्ति तथा परिवारलाई पनि सामाजिक योगदानस्वरूप सहयोग गर्दै आएको छ।

खाद्यान्न वितरण कार्यक्रममा सम्बन्धित वडाका अध्यक्षहरू, संस्थाका उपाध्यक्ष सहदेव खड्का र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले विगत ३ वर्षदेखि दसैंलाई लक्षित गरी जनकल्याण अभियान सञ्चालन हुँदै आएको जनाए।

सहयोग प्राप्त गरेका व्यक्तिहरूले सहकारी संस्थालाई केवल सेवा प्रदायक मात्र नभई अभिभावक सरह महसुस भएको प्रतिक्रिया दिएका छन्। त्यस्तै, वडा अध्यक्षहरूले भविष्यमा अझ धेरै व्यक्तिलाई समेट्ने गरी कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेका छन्।

प्रकाशित : 29 September, 2025 7:47 am