काठमाडौं। सेन्ट्रल फाइनान्सको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७०/०७१ को नाफा नोक्सान पारित गरेको कम्पनीले जनाएको छ ।
फाइनान्सले हालसम्म १ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन र १ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय तथा काठमाडौंको चाबहिल, चितवनको नारायणगढ र रुपन्देहीको बुटबलमा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
Comment