इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । इष्टर्न हाईड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लक–इन अवधि आगामी कात्तिक महिनामा समाप्त हुने भएको छ । यसमा संस्थापक समूहका ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता शेयर समावेश छन ।

कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो ।

तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरुका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।

प्रकाशित : ९ आश्विन २०८२, बिहिबार ११:४६ 25 September, 2025 11:46 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।