बजार तात्दै, स्टक घट्दै: दशैंमा गाडी किन्नु कि पर्खनु ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

बजार तात्दै, स्टक घट्दै: दशैंमा गाडी किन्नु कि पर्खनु ?



काठमाडौं । नेपालको सबैभन्दा ठूलो चाडको रूपमा चिनिने दशैं सुरु भइसकेको छ। यद्यपि, चाडपर्वको यो घडीमा देशभर देखिएको राजनीतिक अस्थिरता र सडक अबरुद्धका कारण अटोमोबाइल आयातमा अवरोध आएको छ। त्यसको प्रभाव स्वरूप बजारमा पर्याप्त गाडी आपूर्ति हुन सकेको छैन। तर पनि, विभिन्न गाडी कम्पनीहरूले उपभोक्तालाई आकर्षित गर्न प्रतिस्पर्धात्मक स्कीमहरू सार्वजनिक गरेका छन्।

लीपमोटरको ‘चाडपर्वको उमंग’ स्कीम

लीपमोटरले ‘चाडपर्वको उमंग लीपमोटरसँग’ नामक पर्व लक्षित योजना ल्याएको छ। C10 मोडलमा कम्पनीले ७ लाख रुपैयाँ नगद छुट दिएको छ। जसअनुसार उक्त गाडीको मूल्य ७१ लाख ९९ हजारबाट घटेर ६४ लाख ९९ हजार पुगेको छ।

त्यस्तै, B10 को ‘लाइफ’ भेरियन्टमा ५ लाख र ‘डिजाइन’ भेरियन्टमा ३ लाख नगद छुट दिइएको छ। साथै, प्रत्येक B10 मा ७ किलोवाट र २.२ किलोवाटका चार्जर, एक वर्षको बीमा र निःशुल्क एसेसरिज पनि उपलब्ध गराइनेछ।

हुन्डाईको ‘१० गुणा उपहार’ योजना

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहारका लागि ‘१० गुणा उपहार’ योजना सार्वजनिक गरेको छ।

उक्त स्कीमअनुसार मोडलअनुसार ८ लाख रुपैयाँसम्म नगद छुट, स्क्र्याच कार्डमार्फत थप १० लाखसम्म छुट र २० हजार रुपैयाँ लोयल्टी बोनस पाइनेछ।

साथै, १ वर्षको बीमा र सवारी कर पनि कम्पनीले नै व्यहोर्ने व्यवस्था गरिएको छ।

सीजी मोटर्सको GAC EVeon र XPENG मा विशेष अफर

सीजी मोटर्सले जीएसी ईभीअन (EVeon) र एक्सपेङ (XPENG) ब्रान्डका विद्युतीय गाडीहरूमा ‘E Extraordinary Festival Offer’ ल्याएको छ।

यस स्कीमअन्तर्गत उपभोक्ताले ८ लाख रुपैयाँसम्मको लाभ पाउन सक्छन्। साथै, ६.४ प्रतिशत ब्याजदरमा कर्जा, ४८ घण्टाभित्र लोन प्रोसेस, ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर, कारवास, कफी मेसिन, दुईवटा चार्जर, १ वर्षको बीमा र सवारी करसमेत कम्पनीले नै दिने जनाएको छ।

एक्सचेन्जमार्फत नयाँ गाडी किन्ने ग्राहकलाई आकर्षक बोनस समेत उपलब्ध गराइनेछ।

सुजुकीको ‘पर्वोत्सव’ स्कीम

पेट्रोलचालित सवारी बिक्री गर्दै आएको सीजी मोटोकर्पले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ नामक अफर ल्याएको छ।

यस स्कीमअन्तर्गत सुजुकीका विभिन्न मोडलमा ६ लाख रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, ६ वर्षसम्मको निःशुल्क PMS सेवा, र निःशुल्क एसेसरिज उपलब्ध छन्।

अल्टो र सेलेरियो मोडलमा कम्पनीले १ वर्षका लागि शून्य प्रतिशत ब्याजदरको कर्जा सुविधा पनि दिएको छ। साथै, स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्मको अतिरिक्त छुट र १० जना भाग्यमानी ग्राहकलाई १ तोला सुन जित्ने अवसरसमेत समावेश गरिएको छ।

एमजीको ‘Paths of Smile’ अफर

एमजी ब्रान्डका सवारी साधन नेपालमा बिक्री वितरण गर्दै आएको पारामाउन्ट मोटर्सले दशैं लक्षित ‘Paths of Smile’ नामक योजना ल्याएको छ।

उक्त योजना अन्तर्गत ४ लाख रुपैयाँसम्म नगद छुट दिइएको छ। साथै, एक्सचेन्ज बोनस, एक वर्षको बीमा, सवारी कर र चार्जरसमेत स्कीममा समावेश गरिएको छ।

एलएस अटोको ‘फेस्टिभ अफर’

चाडपर्वलाई लक्षित गर्दै एलएस अटोले एलईभी १ मोडलमा आकर्षक ‘फेस्टिभ अफर’ ल्याएको छ।

अफरअनुसार गाडी खरिद गर्दा १० केजी क्षमताको फ्रन्ट लोड वासिङ मेसिन, आकर्षक नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, ६.६ किलोवाटको चार्जर, एक वर्षको बीमा र रोड ट्याक्स उपलब्ध गराइनेछ।

साथै, बम्पर उपहारस्वरूप एक जोडी ग्राहकलाई सिंगापुर र मलेशियाको ५ रात ६ दिनको निःशुल्क भ्रमणसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

ओमोडा/जेकोको ‘फेस्टिभ राइड, मेगा अफर’

ओमोडा र जेको ब्रान्डका विद्युतीय गाडीहरू बिक्री गर्दै आएको एसपीजी अटोमोबाइलले ‘फेस्टिभ राइड, मेगा अफर’ सार्वजनिक गरेको छ।

स्कीमअनुसार ओमोडा ईभीमा ७ लाख रुपैयाँसम्म नगद छुट दिइएको छ। अफरपछि ओमोडा E5 को मूल्य ५४ लाख ९९ हजार, जेको J5 को मूल्य ५६ लाख ९९ हजार, र जेको J6 को मूल्य ६५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

साथै, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर र एक वर्षको बीमा कम्पनीकै तर्फबाट दिइनेछ।

प्रकाशित : 24 September, 2025 7:52 am