पोखरा | पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ।
संस्थाको अध्यक्षमा पुनः रूद्र कुमारी गुरूङ चयन भएकी छन्। यस्तै, उपाध्यक्षमा चन्द्र प्रसाद गुरूङ, सचिवमा केशव प्रसाद ढकाल, कोषाध्यक्षमा सूर्य मोहन ढकाल चयन भएका छन्।
सञ्चालक सदस्यहरूमा एक बहादुर गुरूङ, खिम कुमारी गुरूङ, जङ्ग बहादुर गुरूङ, हिरालाल श्रेष्ठ र पूर्णिमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा नारायण सुवेदी चयन भएका छन् भने सदस्यहरूमा अपीला ढकाल र दुर्लब थापा चयन भएका छन्।
संस्थाको २४औं वार्षिक साधारण सभा तीन वटा एकाइहरूमा सम्पन्न भएको थियो। प्रधान कार्यालय एकाइको सभा असोज ३ गते रोयल दिदीबहिनी किचनमा सम्पन्न भएको हो।
त्यस्तै, असोज ४ गते भण्डारढिक सेवा केन्द्र र मोहरिया सेवा केन्द्रको संयुक्त सभा शुभम् पार्टी प्यालेस, तालचोकमा र दुलेगौंडा सेवा केन्द्रको सभा नेवार समाज भवन, दुलेगौंडामा सम्पन्न भएको थियो।
दुबै एकाइबाट प्रतिनिधि चयन पश्चात असोज ६ गते (सोमबार) निर्णय प्रमाणित सभा सम्पन्न गरिएको संस्थाले जनाएको छ।
संस्थाले नयाँ नेतृत्वमार्फत आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।





Comment