काठमाडौं । बजाज मोटरसाइकलका आधिकारिक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटिमण्डपमा ‘बजाज ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। असोज ३ गतेबाट सुरु भएको यो मेला असोज ८ गतेसम्म संचालन हुनेछ।
यस मेलामा ग्राहकहरूले जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर ल्याएर बजाजको नयाँ मोटरसाइकलसँग साटासाट (एक्सचेन्ज) गर्न सक्नेछन्।

मेलाका मुख्य आकर्षण
- जुनसुकै ब्रान्डका मोटरसाइकल वा स्कुटरमा उत्कृष्ट मूल्यांकन
- १०,००० रुपैयाँ बोनस थप मूल्याकंनको रूपमा
- २२ भन्दा बढी भ्यालुएटरमार्फत मूल्याङ्कन सुविधा
- पुराना बाइक/स्कुटरमा बाँकी कर र जरिवाना कम्पनीले व्यहोर्ने
- लक्की ड्र: हरेक दिन एक जनालाई ५०,००० रुपैयाँ नगद पुरस्कार
- नयाँ बाइक खरिदमा:
- नगद छुट
- फ्री मोटरसाइकल एसेसरिज
- अन-द-स्पट फाइनान्स सुविधा
- नागरिकता आधारमै पास सुविधा
अतिरिक्त अफर
कम्पनीले यससँगै बीपीएल (बजाज प्रिमियर लिग) अफर पनि सञ्चालन गरिरहेको छ।





Comment