दोलखा — मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८२ साल भदौ मसान्तसम्मको अनअडिटेड आर्थिक विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार संस्थाको कुल सम्पत्ति १ अर्ब ४१ करोड रुपैयाँ नाघेको छ, जुन निरन्तर बृद्धिको अवस्थामा रहेको छ । जसले संस्थाको वित्तीय अवस्था मजबुत रहेको संकेत गर्छ।
सहकारीको विवरण अनुसार भदौ मसान्तसम्म कुल सम्पत्ति १ अर्ब ४१ करोड ४७ लाख ६९ हजार ३२९ पुगेको छ। यस अवधिमा संस्थाको लगानीमा रहेको ऋण ९८ करोड ३९ लाख ६९ हजार ८८८ र कुल बचत रकम १ अर्ब १३ करोड ४१ लाख १० हजार ८४५ पुगेको छ।
त्यस्तै, सहकारीको तरलता रकम २३ करोड १७ लाख १ हजार ३०२ रहेको छ, जुन कुल बचत रकमको २०.४३ प्रतिशत बराबर हो। यो दर पल्र्सको नियमानुसार संस्था सुरक्षित सञ्चालनका लागि पर्याप्त मानिन्छ। भदौ मसान्तसम्म सहकारीको संस्थागत पूँजी ९ करोड १० लाख ८० हजार २०५ रुपैया पुगेको छ । हाल संस्थामा २२९५४ जना शेयर सदस्य र २३६९ जना ऋणी रहेका छन् ।






Comment