थापाथलीमा आगजनीको ताण्डव: सयौं गाडी जले, अर्बौंको क्षति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

थापाथलीमा आगजनीको ताण्डव: सयौं गाडी जले, अर्बौंको क्षति



काठमाडौंको थापाथलीस्थित विभिन्न गाडीका शोरुम मंगलबार साँझ जेनजी आन्दोलनमा सहभागी युवाहरूको तोडफोड र आगजनीका कारण पूर्णरूपमा नष्ट भएका छन्। भीषण आगलागीका कारण थापाथली क्षेत्रमा रहेका महिन्द्रा, टाटा मोटर्स, सीजी मोटर्स, सुजुकी, हुन्डाईलगायतका शोरुममा ठूलो क्षति पुगेको छ।

आगजनीका क्रममा शोरुममा राखिएका प्रदर्शनका गाडीहरू समेत जलेर पूर्ण रूपमा नष्ट भएका छन्। सुरक्षाकर्मीहरूको प्रयासमा आगो नियन्त्रणमा ल्याइएको भए पनि क्षतिको सही विवरण संकलन भइसकेको छैन। प्रारम्भिक अनुमान अनुसार सयौं गाडी आगलागी र तोडफोडबाट प्रभावित भएका छन्।

आर्थिक हिसाबले हेर्दा यो घटनाबाट अर्बौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यससँगै बीमा कम्पनीहरूमा ठूलो वित्तीय भार पर्ने देखिएको छ। बीमा गरिएका गाडीका क्षतिपूर्ति दाबीमा अर्बौं रुपैयाँ बराबरको दाबी पर्न सक्ने बताइएको छ।

प्रहरीका अनुसार आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी तीव्र पारिएको छ।

प्रकाशित : 10 September, 2025 9:28 pm