काठमाडौं। एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरूले अब नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिट मा सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन्। यस सम्बन्धमा बैंक र माउन्टेन भिस्टा रिट्रिटबीच एक विशेष सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार, बैंकका ग्राहकले होटलमा उपलब्ध विभिन्न सेवाहरूको भुक्तानी गर्दा डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी डिजिटल भुक्तानी गरेमा छुट पाउनेछन्।
यस सहकार्यको माध्यमबाट ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने लक्ष्य बैंकले लिएको छ।
एन आई सी एशिया बैंकका अनुसार, ग्राहकले होटलमा कुनै पनि सेवा लिन सक्नेछन् र डिजिटल माध्यमबाट भुक्तानी गर्दा सो सुविधाको लाभ लिन सक्नेछन्। बैंकले यसलाई डिजिटल कारोबारलाई अझ सहज र सुरक्षित बनाउने कदमका रूपमा हेरेको छ।











Comment