नाडा अटोमोबाइल्स अब महासंघमा रुपान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटोमोबाइल्स अब महासंघमा रुपान्तरण



काठमाडौं। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल अब महासंघमा रुपान्तरण हुने भएको छ। भदौ ८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

डेढ दशक लामो प्रतिक्षापछि नाडालाई विद्यानतः महासंघमा लैजाने निर्णय गरिएको नाडाले जनाएको छ।

नाडाको कार्यसमितिको बैठकले महासंघमा लैजाने निर्णयार्थ भदौ २४ गते मङ्गलबार बिहान ११ बजे द प्लाजा झम्सिखेल ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ।

नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हकहितको समेत समुचित रुपमा संरक्षण गर्नका लागि नाडा अब महासंघमा रुपान्तरण हुने भएको हो।

प्रकाशित : 31 August, 2025 6:03 pm