होन्डा कारले दशैंको अवसरमा ल्यायो आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

होन्डा कारले दशैंको अवसरमा ल्यायो आकर्षक योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर”



काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि नयाँ योजना “चंगा उड्छ फरर, होन्डा कारमा सरर” सार्वजनिक गरेको छ।

यो योजना भदौ ७ गतेदेखि कार्तिक १४ गतेसम्म नेपालभरिका सबै होन्डा शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार, यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कार खरिद गर्दा रु. ४,००,००० सम्मको नगद छुट, ५ वर्षको निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको सडक कर छुट जस्ता सुविधा पाउनेछन्।

पुराना गाडी साट्न चाहने ग्राहकहरूको लागि रु. २५,००० बराबरको एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ। यसका साथै, हरेक गाडी खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको निःशुल्क रोडसाइड असिस्टेन्स समेत दिइनेछ।

यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ई:एचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसनमा लागू हुनेछ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. नेपालमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम मानिन्छ। कम्पनीले लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ। दशैं योजना पनि कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट मूल्य र अनुभव दिनको लागि प्रस्तुत गरेको निरन्तर प्रयासको हिस्सा हो।

प्रकाशित : 25 August, 2025 7:39 pm